Facebook Twitter Google Bookmarks 
English Bulgarian Chinese (Simplified) Dutch Finnish French German Greek Hindi Indonesian Italian Japanese Korean Malay Romanian Russian Spanish Swedish

Option Nepal

Children of Musahar community

Children of Musahar community, Dharampur,Thelia village of Saptari.

Children of Mushar (dalit)

Children of Musahar(dalit) community of Dharampur village in Saptari

Chair Person Mr. Bhola Prasad Lohani

Chair person Mr. Bhola Prasad Lohani is distributing warm clothes  in Saptari 2013

HR Magna Meet Rally

Participants of HR Magna Meet Rally 2011

HR Magna Meet rally 2011

Participants of HR Magna Meet rally 2011

Musahar Occupation

Traditional cast occupation of Musahar community, Brahamangorchhari, Siraha

Dom Community Children

Children of Dom community are eating near pig khor.

Dom Economic Empowerment

Dom women involving in their traditional cast occupation

  • Children of Musahar community

  • Children of Mushar (dalit)

  • Chair Person Mr. Bhola Prasad Lohani

  • Participants of warm clothes in Saptari District 2012

  • Participants of HR Magna Meet Rally - 2014

  • HR Magna Meet Rally - 2012

  • Seminar

  • HR Magna Meet Rally

  • HR Magna Meet rally 2011

  • Musahar Occupation

  • Dom Community Children

  • Dom Economic Empowerment

ग्रामिण क्षेत्रमा मानवअधिकारको अनुभुति अझै नभएको गुनासो

कल्याणपुर(सप्तरी)÷मुलुकमा जारी संक्रमणकालिन अवस्थामा बिभिन्न पक्षबाट हुने मानव अधिकार उल्लंघनको घट्नामा कमी आउन अझै नसकेको प्रति मानअधिकारको क्षेत्रमा कार्यरत मावअधिकारका अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

६५ औ“ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गत पुस १५ गते सप्तरीको कल्याणपुरमा अप्शन् नेपाल सप्तरीले आयोजना गरेको ¥याली तथा अन्तरक्रियामा सहभागि मानवअधिकार अगुवाहरुले राज्य पक्ष अझै मानव अधिकार प्रति इमान्दार नभएको गुनासो पोखेका छन् ।

संक्रमणकालीन अवस्थाको फायदा उठाउँदै बिभिन्न पक्षले मानव अधिकार उल्लंघन गर्दै आएपनि राज्य पक्ष त्यसप्रति गम्भीर नहुनु दुखद भएको भन्दै मानव अधिकार अगुवाहरुले मानव अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मी जिम्मेवार भएर राज्यलाई दबाब दिनुपर्ने बताएका छन् । नागरिक आन्दोलन कमजोर भएकाले राजनीतिक दल र सरकार मानवअधिकार प्रति इमान्दार नभएको आरोप लगाउँदै बक्ताहरुले समुदायमा पछि पारिएका दलित, महिला, मुस्लिम लगायतले अझै अधिकारको प्रत्याभुुति गर्न नसकेको बताएका छन् ।

कार्यक्रममा मानवअधिकार अगुवा तथा अपशन नेपालका राष्ट्रिय अध्यक्ष भोला प्रसाद लोहनीले मानवअधिकारकर्मीहरु शहर केन्द्रीत भएकाले ग्रामिण भेगका उत्पीडित समुदायहरु बिभेदीत र मानवअधिकारको प्रत्याभुति गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो–‘‘ मानव अधिकार केबल अहिले शहरमा मात्र केन्द्रीत छन्, जसका कारण ग्रामिण भेगमा मानव अधिकारको तिब्र रुपमा उल्लंघन हुँदै आएको छ । अब शहरमा  मात्र होइन्, ग्रामिण भेगमा पनि मानव अधिकारकर्मीहरुले चासो देखाउनु आवश्यक छ, उहाँको कथन थियो ।

अप्शन नेपाल सप्तरीका अध्यक्ष प्रभु प्रसाद रामको अध्यक्षतामा आयोजित कार्यक्रममा मानव अधिकार अगुवा तथा पुर्व प्रअ रासलाल रामले जिल्लाको ग्रामिण भेगमा जातीय भेदभाव र उत्पीडनका घट्नाहरु तिब्र रुपमा बढेपनि राज्य पक्ष गम्भीर नभएको आरोप लगाउनुभयो । घरेलु हिंसा, बलात्कार, हत्या, अपहरण, जातीय भेदभाव लगायतका बिभिन्न मानव अधिकार उल्लंघनका घट्नामा संलग्नहरु अझै कानुनी दायरामा आउन नसकिरहेको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अप्शन नेपालका जिल्ला प्रतिनिधी रामना मण्डल, इलाका प्रहरी कार्यालय कल्यानपुरका प्रहरी निरीक्षक  जितेन्द्र भट्टराई,पत्रकार राजु विश्वकर्मा लगायतले मानव अधिकारको सम्मान हुन नसके मात्र लोकतन्त्र बलियो हुन सक्ने भएकाले त्यसतर्फ सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । अन्तरक्रिया अघि अप्शन नेपालको अगुवाईमा निकालिएको ¥यालीले  महिला हिँसा बन्द गर, दाइजो प्रथा बन्द गर, चेलीबेटी बेचबिखन गर्न बन्द गर, छुवाछुत अन्त्य गर, मानव मानव बिचको सबै बिभेद अन्त गर, भ्रष्टाचार निर्मुल गर, समाजिक सदभाव कायम गर लगायतका नारासहित कल्याणपुर बजारको परिक्रमा गरेका थिए ।

उक्त र्‍यालीमा स्थानिय मानवअधिकार अगुवा, समाजसेवी, बुद्धिजीवी लगायत करिब दुई सय भन्दा बढीको सहभागिता रहेको थियो ।

यसैगरी  ६५ औं मानवअधिकार दिवसको अवसरमा अप्शन नेपाल महोत्तरी शाखाले पौष १६ गते ¥याली प्रदर्शन गरेको छ ।  सय भन्दा बढी महिलाहरुको सहभागितामा महोत्तरीको जलेश्वर चौकबाट निकालिएको ¥याली नगरपरिक्रमा गरेको थियो । नगरपरिक्रमा पश्चात अप्शन नेपाल शाखा कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा अप्शन नेपाल महोत्तरीका अध्यक्ष रीता देबी झा जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र साह, जिल्ला प्रतिनिधी रामकुमार विश्वकर्मा लगायतले जिल्लाको मानव अधिकारको बिषयमा चर्चा गर्नुभयो ।